बाराको सिमरामा महिला जनप्रतिनिधिहरुका लागी क्षमता अभिबृद्धि तालिम सुरु

९ जेष्ठ २०७६, बिहीबार १०:५३ प्रकाशित

बारा ८ जेष्ठ
जितपुरसिमरा उपमहानगरका महिला जनप्रतिनिधिहरुका लागी क्षमता अभिबृद्धि सम्बन्धि तिन दिने तालिम आजबाट सुरु भएको छ । जितपुरसिमरा उपमहानगरको आर्थीक सहयोगमा कपुरबोट मिडिया प्रालीले सहजिकरण गरेको तालिम सिमरास्थित होटल सिमरा ईनमा तालिमको आयोजना गरीएको हो । तालिमको पहिलो दिन आज प्रमुख प्रशिक्षक दिपा दाहालले जिवन रुपान्तरण पद्धती तथा क्षमता अभिबृद्धि बिषयमा प्रशिक्षण दिनुभएको थियो । तालिममा सहभागी महिलाहरुले जिवनोपयोगी तालिम आयोजना गरीएकोमा धन्यबाद दिएका थिए । तालिममा सहभागी झण्डै ५० जना महिला जनप्रतिनिधहरुको क्षमता अभिबृद्धि गर्नुका साथै उनिहरुको आत्मविश्वास बढाउनु तथा नेतृत्व बिकाश गर्नु तालिमको मुल उद्धेश्य रहेको मेयर डा.कृष्ण पौडेलले बताउनुभयो । तालिमको औपचारीक उद्धघाटन गर्दै मेयर डा.पौडेलले यस्तो बताउनुभएको हो । कार्यक्रममा उपमेयर सरस्वती चौधरी, प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाई, रेडियो नेकपाका नेता मनोज पौडेल लगाएतको उपस्थिती रहेको थियो । कपुरबोट मिडिया प्रालीका प्रबन्धक सन्तोष देउजाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेडियो समर्पणकि सुप्रिया ढकालले गर्नुभएको थियो । ३ दिने तालिमको दोश्रो दिन भोली मोटिभोस्नल स्पिकर रोहित मल्लले प्रशिक्षण दिनुहुनेछ भने अन्तिम दिन प्रशिक्षक संगम महत र जितपुरसिमरा उपमहानगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाईले प्रशिक्षण दिनुहुने कपुरबोट मिडिया प्रालीका प्रबन्धक देउजाले जानकारी दिनुभयो ।

९ जेष्ठ २०७६, बिहीबार १०:५३  मा प्रकाशित

Write your Comment