१, वातावरणीय रूपले जती रूख काटिन्छ त्यसको पॅाच गुणा रूख हामी रोप्छौ ! विरूवाको कारणले वातावरण प्रभावित हुन दिईदैन ! २ नम्बर प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र र आयोजनाको तर्फवाट आवस्यक संख्यामा विरूवा रोपिन्छ !
२, वन्य जन्तुको वाटो अवरूद्द हुने र उनीहरूको जीवन चक्र प्रभावीत हुन्छ भन्ने कुरा उठेको छ ! यो यहाको खास समस्या होईन ! फेरी पनी वन्य जन्तुको आवत जावतको लागी फाष्ट ट्र्याक निर्माण गर्दा विकल्प दिईएको छ र एयरपोर्ट वनाउदा समेत हाईवेवाट एक किमी भन्दा वढि जमिन छाडि उचित विकल्प दिईने भएकोले यो समस्या रहेन !
३, तल्लो तटीय क्षेत्रको पानीको श्रोत सुक्छ भन्ने शन्दर्भमा अध्ययन गर्दा त्यस क्षेत्रको भौगोलीक वनोट र जमिन भीत्रको पानीको सतह १०० मीटर भन्दा तल पाईएको र विमानस्थलको रनवे वनाउदा समेत पानीको रिचार्चको लागी आवस्यक क्यानल राख्ने प्रस्ताव भएकोले समस्या देखीदैन ! यो समस्याको दिर्घकालीन समाधानको लागी सुनकोशी मरिन ड्राईभर्सन मार्फत वागमती नहर हुदै यस क्षेत्रको सिचाईको लागी संगसंगै काम भैरहेको छ !
४, यो विमानस्थल वनाउदा लगभग दुई लाख वोट विरूवा क्षती हुने देखीन्छ ! उक्त क्षतीको परिपुरणको लागी आयोजनाले १५ लाख विरूवा रोप्ने योजना अगाडी सारेको देखीन्छ ! यो सर्वथा सहि छ र यसले वातावरणीय सन्तुलन कायम गरी रहनेछ !
५, निजगढमै किन भन्ने कुरा पनी उठाईएको छ ? निजगढ विमानस्थलको भूबनोट कडा चट्टानले वनेको छ ! काठमाडौं संग जम्मा दुरि ७५ किमी छ ! फाष्ट ट्र्याक संग जोडिएको छ ! विशेष आर्थिक क्षेत्र संग जोडिएको छ ! विरगंज नाकासंग जोडिएको छ ! यो विमानस्थल अन्तर्राष्ट्रिय सिमावाट सुरक्षित दुरी (३० किमी ) मा छ ! चुरे पहाड र महाभारत डॅाडावाट पनी सुरक्षित दुरीमा छ ! तसर्थ यो निजगढकै लागी डिजाईन भएको छ !
६, यो विमानस्थलमा विमान उड्ने र अवतरण हुने अन्तर्राष्ट्रिय मापदण्ड जीरो भिजीवलीटीसहितको छ ! नेपली एयर स्पेस भित्रैवाट नै विमान उडान र अवतरण हुन सक्ने एकमात्र सम्भाव्य स्थान निजगढ भएकोले निजगढ अन्तरास्ट्रिय विमानस्थल वन्नु अनिवार्य छ !!!