किसानका समस्या समाधान गर्न पूर्वमन्त्री पौडेलद्वारा कृषि मन्त्री भुसाल सँग माग

८ फाल्गुन २०७६, बिहीबार ०९:५५ प्रकाशित

काठमाडौं ८ फागुन
बारा पर्सा रौतहट सहित मध्यका किसानहरुले भोग्नुपरेको समस्याहरुलाई समेटेर छ बुदे प्रस्ताव कृषिमन्त्री घनश्याम भुसाललाई ज्ञापनपत्रको रुपमा पेश गरिएको छ । नेकपाका नेता एवं पूर्व खेलकुद मन्त्री  सहितको टोलीले कृषिमन्त्री समक्ष सो माग गरेको हो शहीद दिवस माघ १६ को उपलक्ष्यमा बारामा सहिद मुखलाल स्मृति प्रतिष्ठान नेपाल र अखिल नेपाल किसान महासंघको आयोजनामा भएको किसानहरूको  संयुक्त भेलाबाट पारित प्रस्तावहरुलाई सूत्रवद्ध गरी कृषिमन्त्री समक्ष पेश गरिएको हो  ।ज्ञापनपत्रमा सहिद मुखलाल स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष पुरुषोत्तम पौडेल र अखिल नेपाल किसान महासंघ प्रदेश नम्बर २ का अध्यक्ष प्रेम बरालले संयुक्त रुपमा हस्ताक्षर गर्नुभएको छ  । ज्ञापनपत्रमा उखुु किसानका समस्या, माछा किसानले भोग्नुपरेका समस्या,तरकारी किसानका समस्या, कृषि आधुनिकरण र धान मकै गहुँ किसानका समस्याहरू समेटिएको छ । ज्ञापनपत्र बुझाउन पूर्वमन्त्री पौडेल संविधानसभाका सदस्य जयराम दाहाल, नेकपाका नेता एक बहादुर श्रेष्ठ, युवा अगुवा इन्द्र बन्जारा दिनेेे सरमा लगायतका सहभागी हुनुहुन्थ्यो ।
ज्ञापनपत्र बुझ्दै पत्र बुझ्दै मन्त्री कृषिमन्त्री भुसालले बारा जिल्लाबाट आएको किसिमका समस्याहरूको प्रस्तावले समग्र प्रदेश नम्बर २ का किसानको समस्या समाधान गर्न आफूलाई सहयोग पुग्ने र यी मागहरु पुरा गर्न आफु तयार रहेको स्पष्ट पार्नुभयो । त्यसैगरी पूर्वमन्त्री पुरुषोतम पौडेलले मध्यतराईको किसानहरूका समस्या समाधान हुनेमा आफु विश्वस्त रहेको जानकारी दिनुभयो ।
कृषि मन्त्रीलाई बुझाइएको ज्ञापनपत्र :

माननिय कृषि मन्त्री ज्यू ,
कृषि तथा पशुपन्क्षी मन्त्रालय सिंहदरबार,

विषय : वारा जील्लाका किसानहरूको समस्या र तिनको समाधानका शन्दर्भमा ज्ञापन पत्र !

उपरोक्त सम्वन्धमा २०७६ माघ १६ गतेको शहिद दिवस र नेपालका पहिलो क्रान्तीकारी किसान शहिद मुखलाल महतोको स्मृती दिवशको उपलक्ष्यमा शहिद मुखलाल स्मृती प्रतिष्ठान र अखिल नेपाल किसान महासंघ द्वारा १८ गते शनिवार कलैयामा आयोजीत कृषि सम्वन्धी विशेष छलफलवाट प्राप्त निष्कर्षहरू प्रस्तुत गरेको छौ ! यसमा आवस्यक छलफल गरी नेपाल सरकारले कार्यान्वयन कार्यान्यन तहमा पुग्नको लागी स्थानीय किसान समुदायको मागको रूपमा माननिय मन्त्री ज्यू समक्ष प्रस्तुत गरिएको छ ! तपसिल :
१, परवानीपुर कृषि अनुसन्धान केन्द्र:
– परवानीपुर कृषी अनुसन्धान केन्द्र मध्य तराईकै सवभन्दा ठूलो र महत्वपूर्ण अनुसन्धान केन्द्र हो !
– यसलाई विऊ विजनको अनुसन्धान र उत्पादनमा केन्द्रीत गरी व्यवस्थीत रूपमा अघि वढाउनु पर्दछ !
– परवानीपुर कृषी अनुसन्धान केन्द्र लाई कृषिको उच्च तहको अध्ययन र अनुसन्धान गर्ने कृषि विषय को महाविद्यालयको रूपमा विकाश गरीनु पर्दछ !
२ , केरा खेती : केरा खेतीले विस्तारै यस क्षेत्रको लोकप्रीय खेतीको रूपमा विकाश गर्दैछ ! खासगरी वाराको निजगढमा केरा ज्यादै लोकप्रीय भएको छ ! निजगढलाई केरा सुपर-जोन घोषित गरी अघि वढाउनु पर्दछ !!
– यसको लागी आवस्यक सिचाईको व्यवस्था गरिनु पर्दछ !
– केराको रोगको उपचारको लागी आवस्यक प्रविधी अनुसन्धान गरी उपलव्धताको ज्ञारेन्टी गरीनु पर्दछ !
– केराको वहुमुखी प्रयोग को लागी , केराको पात र खेर जाने वस्तुहरूवाट प्रागारिक मल वनाउन अनुदान को व्यवस्था गरिनु पर्दछ !
– केराको सुप्लो र पातवाट फाईभर निकाली कपडा सहित अनेक वस्तु उत्पादन गर्न आवस्यक शिप र प्रविधी उपलव्ध गराईनु पर्दछ !
३, उखु वाली : उखुवाली तराईकै सवभन्दा वढी रूचाइएको नगदेवाली हो !
– उखु वालीको समस्या पनी मध्य तराईको सव भन्दा जल्दो बल्दो समस्या हो !
– किसानले उत्पादन गरेको उखुको वार्षिक संझौता गरी खरिदको ज्ञारेन्टी गरिनु पर्दछ !
– खरिद गरिएको उखुको एक हप्ता भीत्र भुक्तानी हुने व्यवस्था गर्नु पर्दछ !
– उखुको मुल्य निर्धारण प्रत्येक साल एक वर्ष अघि नै गर्ने व्यवस्था गर्नु पर्दछ !
– उखुको नियमित मुल्य निर्धारण गर्न, किसान र मील मालीकका विचको समस्या पहिचान गरी समाधान गर्न र यसलाई नियमीत व्यवस्थापन गर्न सरकारले अधिकार सम्पन्न उखु विकाश वोर्ड गठन गर्नु पर्दछ !
– उखुको नयाँ जातहरूको अनुसन्धान गरी सिफारीस गर्ने व्यवस्था गर्नु पर्छ !
– राज्यले नै सम्भाव्यताका आधारमा निस्चित संख्यामा चिनीमील स्थापना गरी संचालन समेत गर्नु पर्दछ !
४, तरकारी, आलु , र प्याज :
देशले अहिले आलु , प्याज र तरकारी आयातमा अरवौ रकम खर्च गर्नु परीरहेको छ ! यस्ता तरकारी जातको उत्पादन वृध्दी गरी आयात घटाउनु आवस्यक छ !
– प्याजको लागी वाराको सुवर्ण गाउपालीका लगायत पहिचान गरीएका गाउपालीका लाई पकेट क्षेत्र घोषित गरी कोल स्टोरेजको स्थापना गर्नु पर्दछ !
– आलुको लागी समेत वाराको सिमरौनगढ जस्तै सम्भाव्यता भएका पालीकाहरूलाई पकेट क्षेत्र तोकी सोही अनुसार सहकारी हरूको सहभागीतामा कोल्ड स्टोरेज स्थापना गर्ने कार्य गर्नु पर्दछ !
५, माछा पालन :- वारा जील्लाको वोधवन माछा गाऊ, माछा सुपरजोन हसिम्रौनगढ र मध्य तराईको माछा उत्पादनमा अग्र स्थान छ ! यस क्षेत्रको माछा खेती लाई प्रोत्साहन गरी उत्पादन वढाउन माछागाऊ वोधवन सहित पुरै वारालाई सुपरजोनमा समेट्नु पर्दछ र यसलाई दिगो तथा व्यवसायीक वनाउनको लागी निम्न कार्यहरू गर्नु पर्दछ !
– यस क्षेत्रमा माछाको गुणस्तरीय दाना उद्योग स्थापना गर्नु पर्दछ !
– माछा पोखरीको लागी विधुत प्राधिकरणले सिचाई मिटर को व्यवस्था गर्नु पर्दछ !
– माछाको उपचार र आधुनिक प्रविधीको समस्या समाधानको लागी वारामा थप मत्स्य विकाश कार्यालय स्थापना गर्नु पर्दछ !
– माछाको उत्पादन वढाई आयात घटाउन जीउदो माछा ओसारपसार गर्ने साधनमा अनुदानको व्यवस्था गरिनु पर्दछ!
– माछाको लागी आवस्यकता अनुसार कोल स्टोरेज निर्माण गर्नु पर

८ फाल्गुन २०७६, बिहीबार ०९:५५  मा प्रकाशित

Write your Comment