राष्ट्रपतिद्वारा संविधान संशोधन विधेयक प्रमाणीकरण, नयाँ नक्साले पायो संवैधानिक मान्यता

२०७७ अषाढ ५, शुक्रबार प्रकाशित

काठमाडौं ४ आषाढ :

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ ।

निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ ।

Write your Comment