जितपुरसिमरा उपमहानगरपालिमा ३० र परवानीपुरका एकजना गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये वडा नम्बर १ का तीन जना, वडा नम्बर २ का दुईजना,वडा नम्बर ३ का एकजना,वडा नम्बर ४का छ जना, वडा नम्बर ७का एकजना,वडा नम्बर १२ का चारजना, वडा नम्बर १५ का तीन जना, वडानम्बर २०का चार जना, वडा नम्बर २३मा दुई जनामा संक्रमण पुष्टि भएको जितपुर सिमरा उपमहानगरपालिका स्वास्थ्य शाखाका कोरोना नियन्त्रणका फोकल पर्शन जितन ठाकुरले जानकारी दिनुभयो । भाद्र गते सिमरा क्वारेन्टाइनमा१८९ जानाको नमुना संकलन गरिएको मा ३१ जनामा संक्रमण पुष्टि भएको हो । परवानीपुरका एकजना यसअघि पनि संक्रमण रहेको र पून परीक्षण गर्दा पनि संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्येएक जना सशस्त्र प्रहरी,कन्ट्रयाक्ट टेर्सिगमा परेकाहरु, ५ जना थुनुवा रहेका रहेकाे फोकल पर्सन ठाकुरले जानकारी दिनुभयो ।