बितेको २४ घण्टामा थप १ हजार ३२५ जनामा कोरोना पुष्टि, १० को मृत्यु

२०७७ आश्विन ४, आईतबार प्रकाशित

काठमाडौं ४ असोज
बितेको २४ घण्टामा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९ हजार ५८४ जनाको पिसिआर परीक्षण भएकोमा १३२५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ६४ हजार १२२ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९६६ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४६ हजार २३३ पुगेको छ।
कुल संक्रमितमध्ये निको हुनेको दर ७२ प्रतिशत हो। हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ छ।

आज थप मृतक १० जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृतक ४ सय ११ जनामा कोरोना पुष्टि भएको छ ।
हालसम्म ९ लाख १४ हजारको पिसिआर परीक्षण भएको छ।

Write your Comment