नेकपा बाराका नेता पौडेल सहित परिवारका सबै कोरोना मुक्त ।

१४ आश्विन २०७७, बुधबार १४:३८ प्रकाशित

बारा १४ आश्विन :
नेकपा बाराका नेता मनोज पौडेल र उहाँको परिवार आजबाट कोरोना मुक्त भएको छ । गत विहिबार स्वावको नमुना संकलन भई प्रदेश प्रयोगशाला जनकपुरमा गरिएको कोरोना परीक्षणमा उहाँहरूको रिपोर्ट नेगेटिभ आएको हो । नेता पौडेललाइ भाद्र२४ गते कोरोना पुष्टि भएको थियो भने उहाँकी ७६ वर्षीय क्यान्सरपीडित आमा र श्रीमतीको भाद्र ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँहरू सबैको रिपोर्ट आज आएपछि कोरोना मुक्त हुनुभएको हो ।

१४ आश्विन २०७७, बुधबार १४:३८  मा प्रकाशित

Write your Comment