बितेको २४ घण्टामा २१२० जनामा कोरोना संक्रमण,२०४४ जना कोरोना मुक्त

१७ आश्विन २०७७, शनिबार १६:४६ प्रकाशित

काठमाडौं १७ आश्विन :

बितेको२४ घण्टामा २१२० थप जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये ११७७ जना उपत्यकाका छन् । काठमाडौंका १००१ जना, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २०४४ जना कोरोना संक्रमणमुक्त भएका छन्

१७ आश्विन २०७७, शनिबार १६:४६  मा प्रकाशित

Write your Comment