बितेको २४ घण्टामा २४४० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १५३१ जना संक्रमित

१९ आश्विन २०७७, सोमबार १७:५८ प्रकाशित

काठमाडौं १९ आश्विन :

बितेको २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ७८१ नमुना परीक्षण गर्दा ९३७ महिला र १५०३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको सख्ंया ८९ हजार २६३ पुगेको छ । उनीहरुमध्ये ५५४ जनाको मृत्यु भएको छ भने ६५ हजार २०२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११३३ जना संक्रमणमुक्त भएका छन्

१९ आश्विन २०७७, सोमबार १७:५८  मा प्रकाशित

Write your Comment