बितेको २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि

२२ आश्विन २०७७, बिहीबार १६:३२ प्रकाशित

काठमाडौं २२ आश्विन :
बितेको २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । १८४७३ जनाको पिसिआर परीक्षण गरिएकोमा सो सङ्ख्या पुष्टि भएको हो ।थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन् ।
यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।

२२ आश्विन २०७७, बिहीबार १६:३२  मा प्रकाशित

Write your Comment