बितेको २४ घण्टामा ३७४९ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १लाख २१ हजार ७४५ पुग्यो ।

२९ आश्विन २०७७, बिहीबार १७:३३ प्रकाशित

काठमाडौं २९ आश्विन :

बितेको २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १६ हजार ५९८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा १ हजार ९३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १६९२, भक्तपुरका १३४ र ललितपुरका १०८ जना छन ।

यससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।

उनीहरुमध्ये ६९४ जनाको मृत्यु भएको छ भने ८४ हजार ५१२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२९ आश्विन २०७७, बिहीबार १७:३३  मा प्रकाशित

Write your Comment