जीतपुरसिमरामा मंसिर १३ गते देखि दोस्रो भेट्रान कप हुने,प्रथम हुनेलाई ३० हजार

५ मंसिर २०७७, शुक्रबार २०:२९ प्रकाशित

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दोस्रो भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । कोशेली एण्ड हुलास फुटबल क्लबको आयोजनामा वडा नम्बर २ को गैरी टोलमा भेट्रान कप हुने भएको हो ।
गैरी टोलको खेल मैदानमा हुने फुटबल प्रतियोगिता यही मंसिर १३ गतेदेखि शुरु हुने प्रतियोगिता मुल आयोजक समारोह समितिका संयोजक सोमलाल बोम्जनले जानकारी दिनुभयो ।गैरी टोलको खेल मैदानमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक बोम्जनले मंसिर २५ गतेसम्म खेल सञ्चालन हुने जानकारी दिनुभयो । १० वटा टिमको सहभागि हुने प्रतियोगिताको बिजेताले नगद ३० हजार रुपैया र उप बिजेताले २० हजार रुपैया पाउने बोम्जनले जानकारी दिनुभयो ‌।
पत्रकार सम्मेलनमा नेकपाका नेता तथा जीतपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले खेल सम्पन्न गर्न सबै एक जुट हुनुपर्ने बताउनुभयो । उहाँले भेट्रान फुटबल प्रतियोगिताले आत्मियता र भाइचाराको भावना जगाउने उल्लेख गर्दै खेल क्षेत्रको विकासको लागि तीनै तहका सरकारहरु लाग्नुपर्ने कुरामा जोड दिनुभयो । संयोजक पौडेलले खेलाडी उत्पादनमा पनि सरकारले ध्यान दिनुपर्ने उल्लेख गर्दै खेलाडीको जीविकोपार्जनको लागि नयाँ प्याकेज ल्याउनको लागि सरकारसँग आग्रह गर्नुभयो ।आर्थिक समितिका संयोजक अमृतलाल श्रेष्ठले सबैलाई समेटेर खेल सञ्चालन गररीने बताउनुभयो । नेकपाका नेता रविन्द्र खकुरेलले पनि सो अवसरमा शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
प्रतियोगितामा प्ररत्येक दिन म्यान अफ द म्याच, हाईस्कोरर, म्यान अफ द सिरिज, बेस्ट परफमेन्स, बेस्ट डिफेन्स, बेस्ट गोल किपरको उपाधी दिईने प्रतियोगिताका सचिव सुरज लामाले जानकारी दिनुभयो । पत्रकार सम्मेलनका बिच अभिषेस टेर्डिङ एण्ड सर्भिश सप्लायर्सले आयोजक क्लबलाई जर्सि हस्तान्तरण गरेको थियो । सोही अवसरमा समाजसेवी दिपक भण्डारीले ४ थान बल आयोजकलाई हस्तान्तरण गर्नुभएको थियो ।
सो अवसरमा समाजसेवीहरु भरत भुर्तेल, बल प्रसाद घिमिरे,मनहरी अधिकारी, हरी नारायण ढुङ्गाना र सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

५ मंसिर २०७७, शुक्रबार २०:२९  मा प्रकाशित

Write your Comment