सर्वोच्च अदालतलाई अध्यक्ष प्रचण्डको जवाफ “मेरो अभिव्यक्तिले अदालतको अवहेलना हुनै सक्दैन”

१६ फाल्गुन २०७७, आईतवार १४:३८ प्रकाशित

काठमाडौं १५ फागुन :
पूर्वप्रधानमन्त्री एवम् नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले अदालतको अवहेलना नगरेको जवाफ सर्वोच्च अदालतलाई दिनु भएको छ।
सर्वोच्च अदालतलाई आज लिखित जवाफ बुझाएपछि प्रचण्डले भन्नुभयो, ‘मैले सर्वोच्च अदालतलाई मानहानी हुने खालको कुनै अभिव्यक्ति दिएको छैन । ममाथि लगाइएको यो आरोप गलत छ भन्ने स्पीरिटमा लिखित जवाफ बुझाएको छु ।
प्रचण्डले वर्तमान सरकारको नेतृत्वले प्रायोजित रुपमा तयार गरेको निवेदन दायर गरेको समेत बताउनुभयो । आफूहरुको जुलुस, नारा र भाषणले स्वतन्त्र सक्षम न्यायपालिकालाई प्रभाव पर्ने र पार्ने कुरा हुन सक्दैन भन्दै प्रचण्डले भन्नू भयो, ‘सरकार र उसका नातेदार अदालतलाई कमजोर ठान्छन् । त्यसैले यस्ता निवेदन हाल्न लगाउँछन् ।
प्रचण्डले जवाफमा सार्वजनिक सभामा मुद्दाका विषयमा बोलेको नभइ कार्यकारिणीको बदनियत र उसको संविधानविरुद्धको कामबारे जनतालाई सुसूचित गराउने र आफ्नो धारणा व्यक्त गर्ने काम गरेको बताउनुभएको छ । उहाँले यसबाट अदालतको अवहेलना हुनै न सक्ने जवाफ दिनुभएको छ ।

१६ फाल्गुन २०७७, आईतवार १४:३८  मा प्रकाशित

Write your Comment