भिमेश्वर मध्यवर्ती सामुदायीक बन समुहको अध्यक्षमा पुनः पेशलकुमार मुलमी चयन हुनुभएको छ । संस्थाको १३ औँ साधारण सभा तथा ५ औँ अधिवेसनबाट मुल्मी पुनः अध्यक्षमा चयन हुनुभएको हो ।
पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समिति अन्तरगत रहेको यस समुहको उपाध्यक्षमा सरस्वती लामा, सचिवमा सुमन थापा मगर, कोषध्यक्षमा शोभा लामा रहनुभएको छ ।
यसैगरी सदस्यहरुमा अर्जुन लम्साल, बालकुमार थापा मगर, खैरुनेसा, तुलसा कार्की, कविता धौजु, मुना कार्की र निलम परियार रहनुभएको जनहित उपभोक्ता समितिका कार्यालय ब्यवस्थापक राजन न्योपानेले जानकारी दिनुभएको छ ।
संस्थाका अध्यक्ष मुल्मीको सभाअध्यक्षतामा सम्पन्न साधारण सभामा पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर तितुङ्गको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, वडा नम्बर १ का वडा सदस्य रामदास धौजु लगाएतको उपस्थिती रहेको थियो