पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष कुशवाहाको निधन

१७ बैशाख २०७८, शुक्रबार ११:१८ प्रकाशित

बिरगंज १७ बैशाख :
पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको ८५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ।

कालिकामाई गाउँपालिका–२ भेडिहारी घर भएका अध्यक्ष कुशवाहाको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको थियो । पछिल्लो केही दिनयता वीरगञ्जस्थित डेरामा राखेर उपचार भइरहेको थियो । उनमा ज्वरो र श्वासप्रश्वासको समस्या देखिएको परिवारका सदस्यले बताएका छन् ।
गाउँपालिका वडा नं. ५ का अध्यक्ष पवन तिवारीका अनुसार राति २ बजेतिर अध्यक्ष कुशवाहाको अवस्था बिग्रिएको थियो । ‘बेलुकासम्म ठिकै हुनुुुहुन्थ्यो, भेटेरै आएका थियौं, कुराकानी गरिरहनुभएको थियो,’ उनले भने, ‘राति २ बजेतिर स्थिति अलि बिग्रिएको जानकारी आयो, काठमाडौं लैजाऔं न त भन्दा सुधारोन्मुख नै छ भन्ने कुरा आएको थियो । तर पछि निधन भयो ।’उनको दाहसंस्कार गाउँमै हुने जनाइएको छ
उनी गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टीबाट गाउँपालिकाको अध्यक्षमा विजयी भएका थिए ।

१७ बैशाख २०७८, शुक्रबार ११:१८  मा प्रकाशित

Write your Comment