बारा १२ आषाढ :
पर्सा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती बन अन्तर्गत रहेको जनहित उपभोक्ता समितिको आयोजनामा आज संरक्षण संग सम्बन्धित अन्तर्क्रिया तथा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । राधाकृष्ण बन समुहको परीसरमा सो अवसरमा बिभिन्न जातका १०० वटा बिरुवा रोपिएको थियो । समितीका अध्यक्ष अमृतलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य दिनेश कुमार राई,जन हितका पुर्व अध्यक्ष मधुसुदन सिटौला,एमाले नेता तथा जितपुर सिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल, पिपरा सिमरा गाबिसका पुर्व अध्यक्ष भोला अधिकारी, राधाकृष्ण बन समुहका अध्यक्ष सत्य श्रेष्ठ,पुर्व अध्यक्ष चोला बहादुर पंडित,मुसर्नीमाई बन समुहका अध्यक्ष कुवेर न्यौपाने,चोरी सिकारी नियन्त्रणका संयोजक रबिन्द्र खकुरेल,नलेन्द्र बहादुर थापा,कमला घिमिरे,भरत भुर्तेल,राम सिलवाल, संचारकर्मीहरु अनिल तिवारी,सारदा पोखरेललगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण अनिता लम्सालले गर्नुभएको थियो ।

