बाराको देवताल गांउपालिकाले छोरी- बुहारी शिक्षा संचालन गर्ने

२०७८ अषाढ १३, आईतबार प्रकाशित

कलैया १३ आषाढ :
बाराको देवताल गाउँपालिकाको छैठौ गाउँसभा पिप्राढिमा सम्पन भएको छ । देवताल गाउँपालिका अध्यक्ष चन्दन सिहको सभापतित्वमा सम्पन्न गाउँ सभाबाट आर्थिक वर्ष ०७८/०७९ को ३३ करोड ८० लाख ७५ हजारको बजेटसहित निति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । देवताल गाउँपालिकाले चालूतर्फ ६ करोड ९९ लाख ८५ हजार, पुँजीगततर्फ २६ करोड ८० लाख ९० हजार रकम बिनियोजन गरीएको छ ।
गाउँ सभामा देवताल गाउँपालिकाका अध्यक्ष चंदन सिंहले पेस गर्नुभएको निती तथा कार्यक्रममा विद्यालय बाहिर रहेका बुहारी तथा छोरीहरुका लागी “छोरी- बुहारी शिक्षा” कार्यक्रम सन्चालन गर्ने, मालपोत सम्बन्धी सम्पुर्ण कर छुट दिने,खेतीपती गर्ने प्रत्येक किसानलाई विद्युत मिटरको भुक्तानी गाउँपालिकाबाट गरीने,जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता बैकंमा लिन आउदा गांउ पालीकाले यातायात सेवा उपलब्ध गराउने गराउने जस्ता लोकप्रिय कार्यक्रम घोषणा गरिएको हो ।
त्यसैगरी फाईवर युक्त इन्टरनेट सेवा लिए बापतको ५० % रकम छुट उपलब्ध गराउने,सबै छात्रछात्राहरुलाई विद्यालय पोशाकको ब्यावस्था गराउने, गरीब असहायका छोरीको विवाहमा गाउँ पालीकाले आर्थिक सहयोग उपलब्ध गराउने,प्राइभेट क्लिनिक तथा औषधी पसलहरुको प्रोत्साहन तथा नियमन गर्ने,सुरक्षित खाने पानिलाई एक घर एक धारा कार्यक्रम सन्चालन गर्ने,ल्याण्डफिल साइटको सम्भाव्यता अध्ययन गर्ने,अन्तिम संस्कार गर्ने ठाउँलाई सुरक्षित बनाउने लगायतका कार्यक्रमहरु गांउ सभाले पारीत गरेको छ । गाउँसभामा प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र साह, वडा अध्यक्षहरु ,जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Write your Comment