बारा २० आषाढ :
समाजवादी युवा संघ बाराका जिल्ला वरिष्ठ उपाध्यक्ष सहित दुई दर्जन युवाहरु नेकपा एमालेको भातृ संगठन युवा सँघ नेपालमा प्रवेश गरेका छन । युवा संघमा प्रवेश गर्नेहरुमा समाजवादी युवासंघ बाराका बरिष्ठ उपाध्यक्ष शसि दास, जिल्ला सदस्य सोनु ठाकुर,युवराज दास,पिन्टु साह लगायत एकदर्जन रहेका छन् ,त्यसैगरी सीके राउतले नेतृत्व गरेको जनमत पार्टीको युवा संगठनबाट अनिल यादव, राजन गुप्ता, नागेन्द्र गुप्ता,रोशन पटेल,रुपेस पटेल लगायतका रहेका छन् । कलैया पार्टी कार्यालयमा आयोजित एक समारोहमा उनीहरु प्रवेश गरेका हुन् । नवप्रवेशी हरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा बारा जिल्ला सह- इन्चार्ज दिनेश कुमार राई, पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, एमाले बाराका कार्यवाहक अध्यक्ष देवनारायण चौधरी, जिल्ला सचिव महमद समिउल्लाह, एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेल, युवा संघ नेपालका केन्द्रीय सचिव अरुण यादव, एमाले बाराका जिल्ला कमिटी सदस्यहरु ध्रुव यादव, ध्रुव साह, बिक्रम ठाकुर,कौशल किसोर सिहं,हरी ओम साह, बैधनाथ साह लगायतले अबिर र खादा लगाएर नव परिवेशीहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य राईले समाज परिवर्तनको नेतृत्व अब युवाहरुले गर्नुपर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी पुर्व मन्त्री पौडेलले गलत गर्ने जोसुकैलाई पनि युवा संघले ट्रयाकमा ल्याउनको लागि लाग्नुपर्ने बताउनुभयो ।युवा संघ नेपाल जिल्ला कमिटी बाराका अध्यक्ष राम यादवको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण अनिल भण्डारी र स्वागत मनोज यादवले गर्नुभएको थियो ।
