थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि,२२११जना संक्रमण मुक्त, २३ जनाको मृत्यु

२०७८ अषाढ २१, सोमबार प्रकाशित

बितेको २४ घण्टामा थप २६२२ जनाको कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २३ को मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्दा २६२२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै बितेको २४ घण्टामा २२११ जनामा कोरोना संक्रमणमुक्त भएका छन् ।
यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ४६ हजार ३६७(पीसीआर) र ३८ हजार ९९४ (एन्टिजेन) जना पुगेको छ । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ११ हजार ४२९ जना पुगेको छ भने मृतकको संख्या ९ हजार २४८ पुगेको छ।

Write your Comment