बायुसेवा निगमका पूर्व अध्यक्ष चतुर्वेदीको चौथो तलाबाट हामफालेर मृत्यु

२१ आश्विन २०७८, बिहीबार १३:०५ प्रकाशित

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन् । निर्माण भइरहेको घरको चौथो तलाबाट हामफाल्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
गौतम अग्रवालको काठमाडौंको भत्केको पुल नजिकै बुलबुलेमा निर्माणाधीन घरको चौथो तलाबाट चतुर्वेदी बिहीबार बिहान ९ बजे खसेका थिए ।

प्रहरिका अनुसार उनाले आत्महत्या गरेको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए ।
बस्नेतले भने त्यहाँ घरनजिकैको सिसी क्यामेराबाट हेर्दा उहाँ आफै हाम्फालेको देखिन्छ । स्थानीयहरुसँग बुझदा पनि उनी आफै जानेर खसेको हामीलाई बताएका छन् ।’उनी मानसिक तनाव (डिप्रेसन) मा रहेको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

चतुर्वेदीकोको शव पोर्टमार्टका लागि टिचिङ अस्पताल लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बतायो ।

२१ आश्विन २०७८, बिहीबार १३:०५  मा प्रकाशित

Write your Comment