अखिल बाराद्वारा नव निर्वाचित केन्द्रीय कमिटीका सदस्यको सम्मान

२०७८ मंसिर १८, शनिबार प्रकाशित

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बाराले शनिबार चितवनमा भर्खरै सम्पन्न भएको नेकपा एमालेको १० औं महाधिवेशनमा बारा जिल्लाबाट निर्वाचित केन्द्रीय कमिटीका सदस्यहरुको सम्मान गरेको छ । निजगढमा आयोजना गरिएको बधाई तथा सम्मान कार्यक्रममा जिल्लाबाट एमालेको केन्द्रीय सदस्यमा निर्वाचित पुरुषोत्तम पौडेल,अच्युत मैनाली, बलवीर चौधरी र ज्वाला साहको सम्मान गरिएको हो ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष भैयाराम शाहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल केन्द्रीय कमिटी सचिवालय सदस्य त्रिलोक ठकुरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहनु भएका पौडेलले केन्द्रीय कमिटी सदस्यमा निर्वाचित गर्न पार्टी कार्यकर्ताहरुले गरेको सहयोगको लागि आभार व्यक्त गर्नुभयो ।
उहाले पार्टी संघठन विस्तारको लागि आफु हरतरहले लाग्ने बताउनुभयो । अनेरास्ववियु बारा जिल्ला कमिटी सचिव श्यामकृष्ण घिमिरेले कार्यक्रमको संचालन गर्नुभएको थियो ।

Write your Comment