जीतपुरसिमरा : राप्रपाको घर दैलो

२३ बैशाख २०७९, शुक्रबार १३:१५ प्रकाशित

२३ बैशाख , सिमरा ।

स्थानीय तह सदस्य निर्वाचन – २०७९ नजिकिदै जादा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जीतपुरसिमरा उपमहानगरपालिकामा चुनावी अभियानलाई तिब्रता दिएको छ। जीतपुरसिमराको नगर प्रमुख , उप प्रमुख सहित १६ वटा वडामा उमेदवारी दिएको राप्रपाले दिनहु  घर दैलो गरिरहेको छ। माधव त्रिपाठीलाई नगर प्रमुखको उमेदवार बनाएको राप्रपाले नगर उप प्रमुख भने सुष्मा मिश्रलाई अघि सारेको छ।
माधव त्रिपाठी जीतपुरसिमराका पुराना नेता हुन् भने सुष्मा मिश्र निर्वाचित कान्छी केन्द्रिय सदस्य तथा कानुनका बिद्यार्थी हुन्। जीतपुरसिमरामा राप्रपा प्रति जनलहर बढ्दै गएको प्रमुख पदका उमेदवार माधव त्रिपाठीले बताउनु भयो। त्यस्तै गरि उप मेयर पदका उमेदवार सुष्मा मिश्रले भ्रष्टाचारमुक्त जीतपुरसिमरा निर्माण आफुहरुको प्रमुख एजेन्डा रहेको बताउनु भयो।

कुल ७००६४ मतदाता रहेको जीतपुरसिमरा उपमहानगरको नेतृत्वका लागि यति खेर नेकपा एमालेको तर्फबाट निवर्तमान उप प्रमुख सरस्वती चौधरी सहित , माओवादी केन्द्रका राजन पौडेल , लो.स.पा का संजय कुमार साह , राप्रपाका माधव त्रिपाठी प्रतिस्प्रधामा छन्।

२३ बैशाख २०७९, शुक्रबार १३:१५  मा प्रकाशित

Write your Comment