नेकपा एमाले जीतपुरसिमरा निर्वाचन परिचालन कमिटिले मंगलबार सिमरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नगर उप प्रमुख पदका उमेदवार भोला प्रसाद अधिकारीले जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा एमालेले युवा र अनुभवी व्यक्तिहरुको मिश्रणमा टिम बनाएको उल्लेख गरेका छन्। २४वटा मध्ये १६ वटा वडाका अध्यक्ष युवा भएको उनले उल्लेख गरेका छन्। नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष समेत रहनु भएको उँहाले बृद्ध बा, आमाको आशिर्बाद , युवाहरुको उत्साह र नेकपा एमाले प्रतिको जन लहरले नेकपा एमाले विजय उन्मुख भएको उद्घोष गर्नु भयो।
दुइ वर्ष पिपरा सिमरा गाबिसको सफल अध्यक्षको भूमिका निभाउनु भएको उँहाले जीतपुरसिमरालाई समृद्ध बनाउन थुप्रै योजना र कार्यक्रमहरु अघि सारेको र तिनै कार्ययोजनाका आधारमा समृद्धिको यात्रा अघि बढाउने बताउनु भयो। अघिल्लो कार्यकालमा कार्यपालिकामा अल्पमतका बाबाजुत थुप्रै काम अघि बढेको पनि उँहाले बताउनु भयो।
आफ्ना प्रतिष्प्रधि उमेदवारहरुले मतदातालाई नगद वा अन्य केहीको प्रलोभनमा फसाउन सक्ने तर्फ उन्मुख गर्दै उँहाले मतदाता कुनै खरिद र बिक्रि गर्ने बस्तु नभएको र यस बिषयमा जीतपुरसिमराबासी सचेत भएको बताउनु भयो।
कार्यक्रममा नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एबम पुर्व उपप्रधानमन्त्री ईश्वर पोख्रेल, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, ज्वाला कुमारी साह, मधेश प्रदेश कमिटि सदस्य देव नारायण चौधरी, नगर प्रमुख पदकी उमेदवार सरस्वती देवी चौधरी लगायतले सम्बोधन गरेका थिए । निर्वाचन परिचालन कमिटिका संयोजक मनोज पौडेललेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन नगर सचिव रत्न उप्रेतीको रहेको थियो ।