जीतपुरसिमरा २१ अमलेखगंजमा एमालेको बृहत घरदैलो

२०७९ कार्तिक २२, मंगलबार प्रकाशित

अनिस अधिकारि
बारा २२ कार्तिक :

नेकपा एमाले बारा क्षेत्र नम्बर ४ (क) ले जीतपुरसिमरा २१ स्थित अमलेखगंजमा बृहत् घरदैलो सम्पन्न गरेको छ। एमाले निर्वाचन परिचालन कमिटिको आयोजनामा आयोजित घरदैलोमा नेकपा एमालेका केन्द्रिय सदस्य सरस्वती चौधरी, प्रतिनिधि सभा सदस्य उमेदवार एकवाल मियाँ, प्रदेश सभा सदस्य उमेदवार देव नारायण चौधरी, मधेश प्रदेशका निवर्तमान सांसद सुन्दर बि.क. , सिता गुरुङ, परिचालन कमिटि संयोजक भरत घले, प्रचार प्रसार समिति संयोजक रबिन्द्र खकुरेल, युवा परिचालन कमिटि संयोजक सोम लाल बोम्जन लगाएत जीतपुरसिमरा २१ का सयौँ स्थानीय सहभागी भएका थिए।
जीतपुरसिमरा २१ र २२ को खानेपानी समस्या समाधान, अव्यवस्थित बसोबास र सुकुमबासी समस्या समाधान, भंगेरी, मूल खोला र दुधौरामा पक्कि पुल निर्माण लगाएतका कामहरुलाई एमाले ४ (क) ले आफ्नो मुख्य एजेन्डाका रुपमा प्रतिबद्दता पत्रमा समावेश गरेको छ।
घरदैलोको क्रममा संक्षिप्त प्रतिक्रिया दिदै प्रतिनिधि सभा सदस्य उमेदवार एकवाल मियाँले युवाहरुको जोश, बृद्ध बा आमाको आशिर्वाद र नेकपा एमाले प्रतिको जनलहरले गर्दा आफुहरुको विजय सुनिस्चित रहेको बताएका छन्।
यस्तै प्रदेश सभा सदस्य उमेदवार देव नारायण चौधरीले पनि यो क्षेत्रको समग्र बिकासका लागी गुरु योजना सहित अघि बढेको हुनाले जनताले आफुलाई नै जनमत सुम्पिने बताउनु भयो।
स्थानीय एकजना बृद्धले एकवाल मियाँ र देवनारायण चौधरी बारा जिल्लाको माटोलाई चिनेको मान्छे हुनाले उँहाहरुलाई नै मतदान गर्ने बताउनु भयो।

Write your Comment