शक्तिशाली चक्रवातले बाङ्ग्लादेशमा लाखौँ मानिस प्रभावित, नेपालमा असर ‘सामान्य

२०८० बैशाख ३१, आईतबार प्रकाशित

प्रतिघण्टा दुई सय किलोमिटर भन्दा बढी वेगको आँधीसहितको एउटा शक्तिशाली चक्रवात बङ्ग्लादेश र उत्तरी म्यान्मारको तटीय क्षेत्रभित्र प्रवेश गरेको छ।

म्यान्मारको सित्वेमा मोका चक्रवातका कारण विद्युत् र वाईफाई सेवा अवरुद्ध भएको छ।

रूखहरू ढलेका छन् भने एउटा टेलिफोन टावर क्षतिग्रस्त भएको छ।

बाङ्ग्लादेशको कोक्स बजारमा कम्तीमा दुई लाख मानिसहरू सुरक्षित स्थानमा आश्रय लिन बाध्य भएका छन्।

मौसम अधिकारीहरूले भीषण वर्षाले पहिरो निम्त्याउने चेतावनी दिएका छन्।

कोक्स बजारस्थित शरणार्थी शिविरमा बस्ने रोहिन्ज्या शरणार्थीहरूको सुरक्षालाई लिएर भने चिन्ताहरू व्यक्त भएका छन्।

Write your Comment