विभिन्न योजना निर्माण गर्दै एमाले मधेस प्रदेशको बैठक सम्पन्न

३२ जेष्ठ २०८०, बिहीबार १९:१४ प्रकाशित

नेकपा एमाले मधेस प्रदेश कमिटी सचिवालय बैठक बिभिन्न निर्णय गर्दै आज जनकपुरमा सम्पन्न भएको छ ।
बैठकले प्रदेशको पुर्ण कमिटि बैठक असार १३ र १४ गते बस्ने र सो बैठकबाट मधेशमा पार्टीलाई व्यवस्थित सशक्त बनाउनको लागि थप कार्ययोजना बनाउनेछ ।
साथै असार २ गते प्रदेस सभा सदस्यहरुलाई बिधायीकी प्रकृया, नीति कार्यक्रम र बजेट निर्माण लगायतका बिषयमा प्रशिक्षण गर्ने कार्यक्रम तय गरेको नेकपा एमालेका केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले जानकारी दिनुभयो । त्यसैगरी बैठकले
असार ८ गते प्रदेस स्तरीय प्रचार भेला र असार ९ गते प्रदेस स्तरीय जनसंगठनको भेला आयोजना गर्ने निर्णय गरेको छ । बैठकले ८ वटै जिल्ला कमिटीको बैठक बसी वार्षिक कार्ययोजना बनाउन निर्देशन गरेको इन्चार्ज भट्टराईले जानकारी दिनु भयो । प्रधेस कमिटिका अध्यक्ष रामअवतार यादवको अध्यक्षमा सम्पन्न बैठकमा केन्द्रीय सचिव तथा निवर्तमान मधेस इन्चार्ज रघुबिर महासेठ ,सह इन्चार्जहरु पुरुषोत्तम पौडेल,सुमन प्याकुरेल,अच्युत मैनाली ज्वाला साह लगायतको सहभागिता रहेको थियो ।   

३२ जेष्ठ २०८०, बिहीबार १९:१४  मा प्रकाशित

Write your Comment