जनकपुर १२ माघ :
नेकपा एमाले मधेस प्रदेश कमिटिले आइतबार देखि वडा केन्द्रीत ३ महिने अभियान सुरुगर्ने भएको छ । अभियानको उदघाटन नेकपा एमालेका महासचीव शंकर पोखरेलले बर्दिवासमा गर्नुहुने छ । वडामा खटिने उत्प्रेरकका लागि आइतबार भोलि बर्दिवासमा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको एमाले मधेश प्रदेश कमिटिका सचिब मनोज पौडेलले जानकारी दिनु भयो ।
कार्यक्रममा एमाले केन्द्रीय कमिटीका सम्पूर्ण सदस्य,केन्द्रीय निकायका सदस्यहरु,प्रदेश कमिटीका सम्पुर्ण सदस्य,पार्टि जिल्ला अध्यक्ष र सचिव,प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्यहरूको सहभागीता रहने छ । त्यसैगरी प्रदेश लेखा समितिका पदाधिकारी तथा सदस्य,
नगरपालिका तथा गाउँपालिकाका मेयर ,उपमेयर र अध्यक्ष ,उपाध्यक्ष,जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र जनसंगठनका प्रदेश इन्चार्ज र प्रदेश अध्यक्षको सहभागीता रहने सचिब पौडेलले जानकारी दिनुभयो ।
आइतबारबाट मधेस प्रदेशका सबै वडामा ३ महिने वडा केन्द्रीत अभियान सुरुहुने छ ।