बारा २८ बैशाख :
नेपाल कम्युनिस्ट पार्टी (एमाले) जितपुरसिमरा उपमहानगर कमिटीको पहिलो बैठक आज नगर पार्टी कार्यालय डुमरवानामा सम्पन्न भएको छ ।
उपमहानगर कमिटीका अध्यक्ष त्रीलोक बिक्रम शाहको अध्यक्षता एवम पार्टीका केन्द्रिय सदस्य तथा मधेस प्रदेश सभा सदस्य मन्जु थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा पार्टी मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल ,प्रदेश कमिटी सदस्यहरु देव नारायण चौधरी ,सुन्दर बिक ,किशोर शर्मा ,सीता गुरुङ ,चयन गुरुङ,कमलेश झा ,शुभद्रा लम्साल,जिल्ला कमिटी सचिवालय सदस्य तथा क्षेत्र नम्बर ४ का संयोजक धुर्व यादव क्षेत्र नम्बर ३ का संयोजक अनिल मैनाली ,सचिवालय सदस्री भोला अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ,,
बैठक ले नगर भित्रका सबै पार्टी सदस्यको बैशाख मसान्तसम्म नविकरण गरिसक्ने,नया सदस्यता बिस्तार गर्ने ,वडा कमिटी तथा जन संगठन नगर कमिटीको अधिवेशन जेठ मसान्तसम्म गरिसक्ने निर्णयगरेको नगर सचिब रबिन्द्र भण्डारीले जानकारी दिनु भयो। त्यसैगरी बैठकले विभिन्न बिभाग प्रमुख,जन संगठनका इन्चार्ज तथा नगर सचिवालय गठन गर्नुका सथै केही रिक्त स्थानमा मनोनित गरेको छ ।