नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

२०८२ जेष्ठ ७, बुधबार प्रकाशित

काठमाडौं ७ जेठ :
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले शपथग्रहण गरेका छन् ।

बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले गभर्नर पौडेललाई पद तथा गोपनियताको शपथ गराए । पौडेललाई मंगलबारको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नर नियुक्त गरेको हो । पौडेलले आजै पदभार ग्रहण गरेका छन्।

Write your Comment