जितपुरसिमराको रामवनमा सडक ढलानको शिलान्यास

२०८२ जेष्ठ १३, मंगलबार प्रकाशित

बारा १३ जेठ :
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ को राममनमा शिबनाथ चौधरीको घर देखी भास्कर बस्नेतकाे घर सम्मकाे सडक ढलानको आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । जितपुर सिमारा उपमहानगरपालिका बाट बिनियाेजित बजेट रकमबाट सो सडक ढलान हुन लागेको हो। प्रदेश सभा सदस्य देवनारायण चौधरी, जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी,नेकपा एमाले मधेश प्रदेश सचिव मनोज पौडेल,वडा कमिटी अध्यक्ष शुक्रबहादुर श्रेष्ठ,कार्यवाहक वडा अध्यक्ष माया बिक,वडा सदस्य चिनबहादुर पाख्रिन, देवनारायण चौधरी, अनिता क्षेत्री,एमाले नेता अमृतलाल श्रेष्ठ,टीकामाया बस्नेत,श्याम(तूफान) कार्की लगायतको उपस्थिति रहेको थियो ।

Write your Comment