गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : एमाले प्रदेश सचिव पौडेल

२०८२ जेष्ठ १५, बिहिबार प्रकाशित

बारा १५ जेठ :
गणतन्त्र दिवसको उपलक्ष्यमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त आयोजनामा बाराको सिमरामा दीपावली गरिएको छ। दीपावलीपछि आयोजित कार्यक्रमको अध्यक्षता नेकपा एमाले जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक शाह ठकुरीले गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेलले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने उल्लेख गर्दै गणतन्त्रको विकल्प गणतन्त्र नै भएको स्पष्ट पार्नुभयो। उहाँले मुलुकमा गणतन्त्र आएपछि शोषित पीडित जनताका अधिकारहरू स्थापित भएको स्पष्ट पार्नुभयो ,राजतन्त्रमा देश लुट्नेहरू नै अहिले आएर राजा आउ देश बचाउ भन्दै हिँडेको उल्लेख गर्दै गणतन्त्रमा पनि त्यस्ता व्यक्तिहरूले फाइदा लिएको स्पष्ट पार्नुभयो। सचिव पौडेलले हिजो गणतन्त्र ल्याउनको लागि बलिदानी दिने नेपाली जनता गणतन्त्र जोगाउन पछि नपर्ने स्पष्ट पार्नुभयो।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष प्रेम बरालले गणतन्त्र बचाउनको लागि जस्तोसुकै बलिदान दिन तयार रहेको स्पष्ट पार्दै अब कुनै पनि हालतमा राजतन्त्र फर्केर नआउने दाबी गर्नुभयो।
बाराको सिमरा चोकमा आयोजित कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गीता कँडेल, एमाले मधेस प्रदेशका सदस्यहरू सुन्दर बिक, किशोर शर्मा, सुभद्रा न्यौपाने जितपुरसिमराका उपप्रमुख भोलाप्रसाद अधिकारी लगायत विभिन्न तहका कार्यकर्तासहित स्थानीयहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण माओवादी केन्द्रकी नेत्री शोभा कार्कीले गर्नुभएको थियो।

Write your Comment