नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ नेपाल को २० औ स्थापना दिवसको अवसरमा स्वास्थ्यकर्मी महासङ्घ जिल्ला कमिटी बाराले रक्तदान तथा स्वास्थ्य शिविरको आयोजना गरेको छ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ को हरपुरमा रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए । त्यसैगरी सो अवसरमा १०५ जनाको आँखा,४५जना कान र दन्त परीक्षण समेत गरिएको थियो।
उद्घाटन कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेल, प्रदेश सभा सदस्य देवनारायण चौधरी, एमाले बाराका अध्यक्ष अध्ययनन्द पाण्डे जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, वडा नम्बर २४ का अध्यक्ष सुल्तान अन्सारी, वडा नम्बर ७ का अध्यक्ष सुनिल गुप्ता विद्यालयका प्रदिप गुप्ता, पूर्व वडा अध्यक्ष इलियास देवन एमालेका स्थानीय नेता सेराजुल अन्सारीलगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो कार्यक्रम जिल्ला अध्यक्ष जितन ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो।