बारा ३ असार :
जितपुरसिमरा उपमहानगरपालिकामा स्रोत सुनिश्चितता नगरी हचुवामा नगर प्रहरी थप्न लागिएको भन्दै वडा अध्यक्षले नै विरोध जनाएका छन्। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष हरिदेव खरेलले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै जितपुरसिमरा टाट पल्टिएको उल्लेख गर्दै फेरि नगर प्रहरी थपेर मासिक झन्डै १५ लाखको आर्थिक बोझ पालिकालाइ थप्ने निर्णय गलत छ उनले भनेका छ ।हालसम्म घाटा बजेट ५० करोड माथि चल्दै गरेको पालिकालाइ टाट पल्टाउने खेलमा मौन समर्थन जनाएर बसेमा नगरबासीले धिक्कार्ने छन उनले भनेका छ्न ।
लोगो बिबादास्पद भयो भन्दै जनस्तरमा आवाज उठ्यो नगर सभा बाट अनुमोदन गराएर मात्रै सार्वजनिक गर्ने भन्ने ४१ औं कार्यपालिकाको निर्णय हुदाहुदै किन हतार गरि नगरको पेजमा हालेको ? यी सबै कुरामा दालमा कालो छ भन्ने पुष्टि हुँदैछ।कतै हामी उत्तरकोरियाली शासनको जस्तो अभ्यास त गर्दै छैनौ?केहि दिन पक्कै चुप बसेकै थिए । उनले सामाजिक संजालमा लेखेका छ्न । तर काले काले मिलेर भाले खाएको टुलुटुलु हेर्न पक्कै बसेको होइन ।चेतना होस उनले लेखेको स्टाटसमा उल्लेख छ ।
वडा अध्यक्ष खरेलले भनेको जस्तो जितपुरसिमराको आर्थिक अवस्था कमजोर भएकोले निर्माण व्यवसायीले गरेको कामको भुक्तानी पाएका छैनन् भने नगरपालिकामा आर्थिक अभाव रहेको कर्मचारीहरूले बताउँदै आइरहेका छन्। गतवर्षको भन्दा पुँजीगत बजेट यस वर्ष घाटा को बन्ने जनाइएको छ।