बारा ९ असार :
बाराको परवानीपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३४ करोड ६९ लाख रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । परवानीपुर गाँउपालिकाको १६ औं गाउँसभामा सोमबार गााउपालिका उपाध्यक्ष सुगान्धी देवी कानुको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले आगामी आर्थिक वर्षलागि ३४ करोड ३४ लाख ६९ हजार १ सय ५८ रुपैयाँ बराबरको अनुमानित आयव्यसहितको बजेट प्रस्तुत गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष राम क्षत्री कुर्मीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकाससंगै युवा र महिलालक्षित कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिइएको छ ।समावेशी र समन्यायिक विकासको लक्ष्यलाई पुरा गर्ने उदेश्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइएको उनले बताए । विकास निर्माणका योजनासंगसंगै मानव विकासका सूचकमा सुधार ल्याउने कार्यक्रमहरूलाई प्राथमिकता दिइएको छ साथै नागरिकको जीवनस्तर उकास्ने खालका योजनाहरु ल्याइएकोेअध्यक्ष कुर्मीले बताए ।
गाउँपालिका अध्यक्ष कुर्मीको अध्यक्षतामा आयोजित गाँउसभामा उपाध्यक्ष सुगान्धि देवी कानु, प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार, वडाध्यक्ष, गाँउकार्यपालिका सदस्य, वडासदस्य ,कर्मचारी लगायतकाको सहभागिता रहेको थियो ।