काठमाडौं १३ असार :
माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् ।
जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् । त्यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना रहेका छन् भने ८९ हजार १२४ जनाले २.८ देखि ३.२ जीपीए प्राप्त गरेका छन् । २.४ देखि २.८ सम्म ४८ हजार ४७९ ले ल्याउँदा ४ हजार १२६ जना विद्यार्थीले २ देखि २.४ जीपीए पाएका छन् भने ८ जना २ जीपीएभन्दा कम ल्याएका छन् ।
त्यस्तै, १२६ जनाकाे परीक्षा रद्ध गरिएकाे छ ।
यसपटकको SEE Result कुन बिषयमा कति फेल :
गणितमा १ लाख २८ हजार २१५ जना फेल भएका छन् ।
अङ्ग्रेजीमा ८० हजार ६७२ जना फेल भएका छन्।
नेपालीमा ५४ हजार ७३५ जना फेल भएका छन्।
विज्ञानमा ७९ हजार २७१ जना फेल भएका छन्।
सामाजिकमा ५३ हजार १८६ जना फेल भएका छन्।
अर्थशास्त्रमा ४२ हजार १५० जना फेल भएका छन्।
अतिरिक्त गणितमा १८ हजार २२२ जना फेल भएका छन्।