जगदम्बा स्टिलको भट्टीमा विष्फाेट, केही मजदुर घाइते

२०८२ अषाढ १८, बुधबार प्रकाशित

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–२, सिमरास्थित जगदम्बा स्टिलको कवाडगलाउने भट्टी विष्फाेट हुँदा केही मजदुर घाइते भएका छन्।

केहीबेरअघि भएको उक्त घटनाबारे इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले प्रारम्भिक जानकारी दिएका छन्। उनका अनुसार हालसम्म घटनाको बिस्तृत बिवरण न आएको तर केही मजदुर घाइते भएको बताएका छन्।

‘ठुलो मानवीय क्षति नभए पनि केही मजदुर सामान्य घाइते भएका छन्,’ डिएसपी जोशीले भने, ‘घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।’ उक्त भट्टी पड्केको कारण खुल्न सकेको छैन। घटनास्थलमा प्रहरीको टोली परिचालन गरिएको छ र अनुसन्धान कार्य अघि बढाइएको छ।

स्थानीयवासीका अनुसार पड्किएसँगै कारखानापरिसरमा ठुलो आवाज आएको थियो।

Write your Comment