जितपुरसिमरा उपमहानगरपालिका स्तरीय महिला सञ्जालले भेला तथा अन्तरक्रिया आज डुमरवानामा सम्पन्न भएको छ। प्रदेश सभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व प्रदेश सभा सदस्य शोभा लामा, जितपुरसिमराका उपप्रमुख भोलाप्रसाद अधिकारी,नेकपा एमाले मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल,किशोर शर्मा, यज्ञ तिवारीलगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । एमाले नेतृ तथा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ कि अध्यक्ष चयन गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण उषा सापकोटाले गर्नुभएको थियो भने स्वागत रिता रिजालले गर्नुभएको थियो।
भेलाले चयन गुरुङको अध्यक्षतामा ३३ सदस्यीय जितपुरसिमरा उपमहानगरपालिका स्तरीय महिला सञ्जाल गठन गरेको छ ।
जसको उपाध्यक्षमा इन्दु ढोडारी सचिव रिना बजगाई र कोषाध्यक्षमा लक्ष्मी पाण्डे रहनुभएको छ।