मानव अधिकार एलायन्स बाराले गर्यो सरोकारवालाबीच अन्तरक्रिया

२०८२ अषाढ २९, आईतबार प्रकाशित

बारा २९ असार :
मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल ( मानव अधिकार एलायन्स )को २६ औँ स्थापना दिवसको अवसरमा एलायन्स बाराले नागरिक समाजको भूमिका विषयक सरोकारवालाको बीचमा बकुलियामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य देवनारायण चौधरीले मानव अधिकार संरक्षणका लागि सबै लाग्नुपर्ने कुरामा जोड दिनुभयो ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेलले एमालेका नेता र कार्यकर्ताले कुनै पनि हिंसाको काम गर्न नहुने उल्लेख गर्दै त्यसो गर्ने जुनसुकै तहको नेता कार्यकर्ता भएपनि पार्टिले कार्यवाहि गर्ने बताउनुभयो । उहाँले गलत गर्ने जोसुकैलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पार्नुभयो । मानव अधिकार हनन हुन नदिनको लागि सबै सजग र सचेत हुनुपर्ने स्पष्ट पार्नुभयो।
कार्यक्रममा वडा नम्बर १४ कि अध्यक्ष तथा एमाले मधेस प्रदेश कमिटी सदस्य चयन गुरुङ, इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशी,एमाले नगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाह, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, जनकल्याण साकोशकी अध्यक्ष कमला घिमिरे लगायतले मानवअधिकार एलायन्सको स्थापना दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रम जिल्ला कमिटी अध्यक्ष शान्ता कुमारी बजगाई (रिना)को अध्यक्षतामा, कुबेर न्यौपानेको सहजीकरण र रुस्तम अन्सारीको स्वागतमा सम्पन्न भएको हो।

Write your Comment