बारा २९ श्रावण :
जितपुरसिमरा उपमहानगरपालिका वडा न.२ निवासी नेकपा एमाले का नेता समाजिक ब्याक्ती स्व . कमरेड कृष्ण प्रसाद घिमिरे को आज १३ औं दिनको पुन्यतिथिको शोक सभा तथा श्रद्धाञ्जली सभा आज सम्पन्न भएको छ ।
नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका २ नम्बर वडा कमिटी द्वारा आयोजना गरिएको कार्यक्रम एमाले मधेस प्रदेश कमिटी सचीव मनोज पौडेलको प्रमुख आर्थिकतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले स्वर्गीय घिमिरेले समाज र पार्टीमा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभयो। उहाँले स्वर्गीय घिमिरे सामाजिक व्यक्तित्व भएको र समाजको लागि महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै घिमिरेको निधनले पार्टीलाइ समेत ठूलो क्षति भएको स्पष्ट पार्नुभयो ।
वडा कमिटीका अध्यक्ष रबिन्द्र खकुरेलको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा प्रदेश कमिटी सचिवालय सदस्य सुन्दर बिक,प्रदेश सभा सदस्य देवनारायण चौधरी, प्रदेश कमिटी सदस्यहरू किशोर शर्मा, चैन गुरुङ, बिशाल प्रसाद घिमिरे , उपप्रमुख भोलाप्रसाद अधिकारी , कमला घिमिरे, हेमराज न्यौपाने ,सिमा ठकुरी,कृष्ण खनाल ,मनहरी अधिकारी,नगर अध्यक्ष त्रिलोक बिक्रम ठकुरी,अमृतलाल श्रेष्ठ ,पुर्णचन्द्र तिमल्सिना,राजु गौतम ,सुक्र श्रेष्ठ ,राजकुमार अर्याल ,कृष्ण थापा ,प्रकाश खुलाल ,राजकुमार बर्तोला ,सुभद्रा चौधरीलगायत परिवारका सम्पूर्ण सदस्य सहितक उपस्थित रहेको कार्यक्रमको सहजीकरण सुर्य पौडेलले गर्नु भएको थियो।
स्वर्गीय घिमिरे लामो समय नेकपा एमालेको क्षेत्रीय समन्वय कमिटी सदस्य ,जितपुरसिमरा उपमहानगर कमिटीको सदस्य र सीमरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको उपाध्यक्ष ,सामुदायिक वन लगायतका संस्थामारहेर सामाजिक सेवामा समर्पित रहनुभएको थियो।