रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५६ करोड ३२ लाख ९५ हजार १ सय ५१ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। नगरसभाको ९औं अधिवेशनमा कार्यबाहक नगर प्रमुख अम्बेया ख़ातूनको निर्देशनमा वडा नं. ९ का वडा अध्यक्ष राकेश यादवले बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तावित बजेटमध्ये २० करोड ६८ लाख ७१ हजार रुपैयाँ पूँजीगततर्फ र ३५ करोड ६४ लाख २४ हजार १ सय ५१ रुपैयाँ चालूतर्फ विनियोजन गरिएको छ। शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार, कृषि, पोषण र रोजगारीजस्ता क्षेत्रमा विशेष प्राथमिकता दिइएको उनले बजेट बक्त्तब्य मार्फत जानकारी गराएका हुन।
प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले बजेटले नगरपालिकालाई समृद्ध बनाउने उद्देश्य लिएको बताउनुभयो। उहाँले आर्थिक तथा सामाजिक विकास, पूर्वाधार निर्माण,वन-वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत सेवा प्रवाह, भूमिहीन सुकुम्बासी,पोषण, रोजगारी र लघु उद्यम को क्षेत्रमा काम गर्ने गरी बजेट छुट्याइएको बताउनुभयो ।
यस वर्ष वडा नं. ९, १० र ११ का ८४ जना भूमिहीन सुकुम्बासीलाई जग्गा दर्ता प्रमाण-पुर्जा वितरण गर्नुका साथै वडा नं. १ देखि ११ सम्मका भूमिहीनहरूको सर्वेक्षण तथा तथ्यांक संकलन गरिने योजना रहेको प्रमुख प्रशासकिय अधिकृत यादवको भनाइ छ।
त्यसैगरी नगरपालिकाका लेखा अधिकृत कामेश्वर सहनीले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि र पशु पालनका लागि यथेस्ट बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
नगर सभामा वडा अध्यक्षहरु कार्यपालिका सदस्य र वडा सदस्यहरूको सहभागिता रहेको थियो।