नेकपा एमालेका पोलिटब्यूरो सदस्य पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रियताको पक्षमा उभिन सबैलाई अपिल गरका छन ।
उनले आफनो सामाजिक संजाल फेसबुकमा नेपालको ऐतिहासिक तथ्य उल्लेख गर्दै यस्तो अपिल गरेका हुन ।
भारत र चीनले हालै लिपुलेक पास हुदै ब्यपार सम्झौता गरेकोमा पूर्व मन्त्री पौडेलले आपत्ती जनाएका छन । उनले यो कदमलाई नेपालको सार्वभौमीकता माथिको ढाडो हस्तक्षेप बताएका छन ।
पूर्वमन्त्री पौडेलले सामाजिक संजालमा सार्बजनिक गर्नु भएको धारणा
नेपाल सरकार र तत्कालीन ब्रिटिश ईस्ट इन्डिया कम्पनी बीचमा २ डिसेम्बर १८१५ मा सुगौली सन्धीमा हस्ताक्षर भएको थियो । यो सन्धी ४ मार्च १८१६ देखी लागु भएको थियो ।
यो सन्धिले ब्रिटिश कंम्पनी सरकारले नेपालमाथि दोस्रो पटक आक्रमण गरेपछि १८१४ देखि १८१६ सम्म चलेको अंग्रेज नेपाल युद्ध समाप्त भएको थियो । सुगौली सन्धि अनुसार नेपालको सिमा पूर्वको मेची नदि देखी पस्चिमको महाकाली नदि सम्म कायम गरिएको थियो ।
यसको मतलव सन्धी अनुसार पश्चिमको महाकाली नदी देखी पूर्वमा रहेको सवै भूभाग नेपालको हो । महाकाली नदीको उद्गम स्थल लिपियाधुरा देखी पूर्वमा रहेको लिपुलेक र कालापानी सवै नेपाली भूभाग हो । यो क्षेत्र इण्डियाको हुने कुनै सन्धी संझौता नेपालले गरेको छैन ।
छिमेकी इण्डिया के आधारमा उक्त भूभाग आफ्नो भन्दै शेना राख्ने र पूर्वाधार निर्माण गर्ने काम गरि रहेको छ । वडो आस्चार्यको कुरा छ ।
फेरीपनि नेपाल सरकारले पटक पटक यसको विरोध गरि रहेको छ । अहिले पनि छिमेकी इण्डिया र चिनले नेपालको स्वाभिमान माथि चोट पुर्याएका छन ।
सार्वभौम नेपालको अनुमती विना नेपाली भूभाग लिपुलेक हुदै दुवै देशले व्यापार गर्ने सम्झौता गरेका छन । यो दुई ठुला छिमेकीहरूले नेपालको सार्वभौम अधिकार माथी गरेको ठाडो हस्तक्षेप हो ।
हामी यसको कडा विरोध गर्दछौ र दुवै छिमेकीहरूलाई नेपालको सार्वभौम अधिकारको पूर्ण सम्मान गर्न र नेपाली भूभागको सम्वन्धमा नेपालको सहमती र अनुमती लिएर मात्र निर्णय गर्न सकिने कुरा जानकारीमा लिन आग्रह गर्दछौ ।