उखु किसानको आन्दोलनले माग पूरा गरेरै छोड्नेछ – अध्यक्ष प्रेम दङ्गाल

२०८२ भाद्र ८, आईतबार प्रकाशित

नेकपा एमाले निकट अखिल नेपाल किसान महासङ्घ को मधेस प्रदेशको विस्तारित बैठक तथा प्रशिक्षण आज बाराको सिमरामा सम्पन्न भएको छ। नेकपा अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष डा प्रेम दङ्गालको प्रमुख आतित्यतामा सम्पन्न छ ।

कार्यक्रममा बोल्दै दंगालले सरकारले अब कृषक आयोग बनाउनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले किसानले उत्पादन गरेका वस्तुहरू सहज रुपमा बजारसम्म पुर्याउने र सित भण्डारमा भण्डारण गर्ने व्यवस्था मिलाउनुका साथै उखु लगायतका खेतीहरूमा सरकारले अनुदान दिनुपर्ने कुरामा जोड दिनुभयो । राजधानीमा सुरु भएको उखु किसानको आन्दोलनले माग पूरा गरेर मात्रै रोकिने स्पष्ट पार्नुभयो।
कार्यक्रममा बोल्दै मधेस प्रदेशका इन्चार्ज लिलनाथ श्रेष्ठले सरकारले किसानहरूका लागि सहज सिचाई होस् भन्ने उद्देश्यले सुनकोशी -मरिन -बागमती सिँचाइ परियोजनालाई छिटो सम्पन्न गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले किसान आन्दोलनको इतिहास बोकेको बारा जिल्ला लगायत मधेसका किसानलाइ सहुलियत दरमा मलखाद उपलब्ध गराउनुका साथै किसानले उत्पादन गरेका खाद्य सामग्रीहरू सहज रुपमा बजार भाउको उपलब्ध गराउनुपर्ने कुरामा जोड दिनुभयो ।

नेकपा एमाले पोलिट ब्युरो सदस्य तथा संघीय सांसद ज्वालाकुमारी शाह आफ्ना आफ्नो आफू मन्त्री भएको बेला किसानका लागि विभिन्न योजना ल्याउने तयारी गरेको र पुरै समय मन्त्री पदमा रहन नपाएको ले सोचेको कुरा पुरा हुन नसकेको स्पष्ट पार्नुभयो।
एमाले मधेस प्रदेशका सचिव मनोज पौडेलले किसानले उत्पादन गरेको बाली बाट लागत समेत उठ्न नसक्ने अवस्था बनेको गुनासो गर्दै नेपालको कृषि प्रणाली नै परिवर्तन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
प्रदेश कमिटी अध्यक्ष निरञ्जन चौधरीको अध्यक्षतामा र रामप्रसाद घिमिरेको सहजीकरणमा सम्पन्न कार्यक्रममा महासङ्घका उपाध्यक्ष प्रेम अधिकारी भोला यादव, प्रदेश सभा सदस्य देवनारायण चौधरी,पूर्व प्रदेश सभा सदस्य सुन्दर बहादुर विश्वकर्मा, जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी ,कृषि विज्ञ नरेन्द्र गिरी महासंघका सचिव उमेश गुप्ता लगायतले बोल्नुभएको थियो ।

Write your Comment