सिमरा ३ असोज :
संविधान दिवसको अवसरमा विभिन्न राजनीतिक दल र सरोकारवाला निकायले आज विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएका छन्। यसै बीच नेकपा एमाले जितपुरसिमरा उपमानगर कमिटीको आयोजनामा डुमरवाना पार्टी कार्यालयमा बिहान सरसफाई गरिएको थियो भने साँझ दीपावली कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल, प्रदेश सदस्यहरु किशोर शर्मा,चयन गुरुङ जिल्ला सचिवालय सदस्य तथा जितपुर सिमराका उपप्रमुख भोलाप्रसाद अधिकारी, जिल्ला कमिटी सदस्य सीमा ठकुरी लगायत नगरका पदाधिकारी तथा सदस्य र वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो । कार्यक्रम नगर कमिटी अध्यक्ष त्रिलोक विक्रम शाहको अध्यक्षतामा र सचिब रविन्द्रराज भण्डारीको सहजीकरणमा सम्पन्न भएको हो।
त्यसैगरी नेकपा एमाले जिल्ला कमिटी बाराले पनि संविधान दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।