बारा ११ असोज :
नेकपा एमाले जितपुरसिमरा उपमहानगर कमिटीले विजयादशमी शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा विस्तारित बैठकको आयोजना गरेको छ।
उपमहानगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य मन्जु थापाले सबै एकजुट भएर अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्नुभयो।
त्यसैगरी कार्यक्रममा बोल्दै नेकपा एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेल अहिले मुलुक र पार्टीप्रति गम्भीर सङ्कट उत्पन्न भएको उल्लेख गर्दै सम्पूर्ण नेपाली जनता र पार्टीका कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने कुरामा जोड दिनुभयो । यो समय पार्टीका नेताहरूको विरुद्धमा लाग्ने होइन त्यस्ता कुनै समस्या भए पार्टीभित्र बसेर छलफल गर्नुपर्छ । पार्टी नेतृत्वलाई कमजोर बनाउने गरी सामाजिक सञ्जाल रंग्याउँदा पार्टी कमजोर हुन्छ । त्यसैले पार्टी कमजोर हुने गरी कुनै पनि काम नगर्न पार्टीका कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । उहाँले जेन्जीले सुरु गरेको आन्दोलन पवित्र भावका साथ सुरु भएको सुरु गरेको भएतापनि त्यसमा अराजक व्यक्तिहरूको घुसपेटले आन्दोलनलाई बदनाम गराएको स्पष्ट पार्नुभयो । उहाँले सम्पूर्ण घटनाको तथ्य छानबिन गर्न सरकारसँग माग समेत गर्नुभयो । कार्यक्रममा प्रदेश सचिवालय कमिटीका सदस्य सुन्दर बिक ,प्रदेश कमिटीका सदस्यहरू किशोर शर्मा ,चयन गुरुङ, जितपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीलगायतले चाडपर्वको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण नगर सचिव रविन्द्रराज भण्डारीले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष कैमुद्दिन अन्सारीले गर्नुभएको थियो।