बुधबार परवानीपुरमा हुने युवा जागरण सभालाई एमाले महासचिव पोखरेलले सम्बोधन गर्ने

२०८२ मंसिर २, मंगलबार प्रकाशित

बारा २ मंसिर :

नेकपा एमाले निकट युवा सङ्घको आयोजनामा मधेस प्रदेश स्तरीय युवा जागरण सभा बाराको परवानीपुरमा बुधबार हुने भएको छ। सभालाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पोखरेल बिहान १०.३० बजेको हवाई मार्गबाट सिमरा हुँदै परवानीपुर जाने कार्यक्रम रहेको युवा सङ्घका केन्द्रीय सचिव मोबिन आलमले जानकारी दिनुभयो ।

परवानीपुर जाने क्रममा मोटरसाइकल र्याली सहित परवानीपुर लैजाने तयारी रहेको नेकपा एमालेले जनाएको छ।

Write your Comment