बारा १८ पौष :
बाराको कलैया उपमहानगरपालिकाका प्रशासकीय अधिकृत नाथु साहको एक भव्य समारोहका बीच आज विदाई गरिएको छ। करिब ४ वर्ष ४ महिना कलैयाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहनु भएका साहको बिदाइ तथा फेरि भेटौला कार्यक्रम श्री ३ चन्द्र माबीको हलमा सम्पन्न भएको हो । सो अवसरमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद शाह ,उपप्रमुख रौसन परविन लगायतले साहले कलैया उपनगरपालिकामा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो।
त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत साहले कलैया उपमहानगरपालिकामा आफूले काम गर्दा अत्यन्तै गौरववान्वित भएको बताउदै कलैया उपमहानगर कार्यसम्पादन मुल्यांकनमा देशकै पहिलो स्थान ल्याउन सफल भएको बताउनु भयो ।
साहको भोजपुरको भोजपुर नगरपालिकामा सरुवा भएको छ भने कलैयामा रामविनय कुमार सिंह प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउँदै हुनुहुन्छ ।
