पर्सा जिल्लाको पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगर सभा आज नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ ।
नगरप्रमुख प्रद्युमन प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न नगरसभाको प्रमुख चौहानले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।
सभाले विभिन्न विकास निर्माणका योजनाहरू पारित गरेको छ । चौहानले पोखरिया नगरपालिकाको विकास निर्माण लगायत स्वास्थ्य शिक्षा र रोजगारीका लागि आफू निरन्तर लागिपरेको बताउनु भयो । उहाले मालपोत,नापी शाखा र प्रादेशिक अस्पताल आफनो पालामा नगरपालिका भित्र ल्याएर राम्रो काम भएको,इलाका प्रशासन कार्यालयको काम पूरा भइसकेकोहुनाले केही दिनमै कार्य सन्चालन हुने बताउनु भयो ।
नगर विकास समितिको सहयोगमा बजार निर्माण र नगरपालिकामा एक ग्राम एक उद्योग व्यवस्थापन गर्ने कार्यक्रम पनि पारित गरिएको छ । नगरपालिकाको योजनामा रहेका निर्माण कार्यहरू समयमै सम्पन्न गरिने उहाको भनाइ थियो ।
नगरप्रमुख चौहानले यस वर्ष घाटा बजेटका कारण विकास कार्यमा समस्या भएको जानकारी दिदै बजेटभन्दा बढी रकमको योजना बनाइएकाले समस्या देखिएको स्पष्ट पार्नु भयो । अब पारित गरिएका विकास निर्माणका कामहरू माघ महिनादेखि सुरु हुने जानकारी दिनुभयो ।
कार्यक्रममा उपनगरप्रमुख रुबी ठाकुरले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
भर्खर आउनु भएका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले गर्नुपर्ने कामहरूलाई प्राथमिकतामा राखी जनताका काम छिटोछरितो बनाउने प्रतिबद्धता जनाउनु भयो । उहाले समयमा ध्यान नपुगेका कारण नेपाल सरकारबाट आउने रकम भन्दा बढी बजेट बनाइएको बताउँदै नगरसभाबाट बजेट संशोधन गरी यथार्थ बजेट बनाएर विकास कार्य अगाडि बढाउने जानकारी दिनु भयो ।
सभामा वडाध्यक्षहरू लक्ष्मण साह कानु, नौसाद आलम, प्रमोद गिरी, केदार प्रसाद, महेन्द्र महतो, शियानन्द चौहान, प्रमाणन्द पटेल, किसोरी साह तथा कार्यपालिका सदस्यहरू रामबचन महतो, अजय साह लगायतले हिउँदे नगर सभाको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
स्वास्थ्य शाखा सहसंयोजक शिवसिंह पटेलले सहजिकरणमा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्यहरू, नगरपालिका सदस्यहरू, कर्मचारीहरू; लेखा अधिकृत रामबिर प्रसाद चौरसिया,लेखापाल मन्दिप महतो, योजना शाखा प्रमुख सञ्जय पाण्डे, अधिकृत विजय झा, स्वास्थ्य संयोजक कौशलेन्द्र झा, आईटी अफिसर अरविन्द द्विवेदी, सन्दीप साह, भगवान् साह, सामाजिक शाखा प्रमुख वाल्मीकि साह लगायत), पत्रकार र सुरक्षाकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा सहसंयोजक शिवसिंह पटेलले गरेका थिए ।
