सिन्धुलीको एसबीआई बैंकमा तीन करोड डकैती, गाडी र पैसा छाडेर भागे डाका

२०८२ पौष २९, मंगलबार प्रकाशित

सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको एसबिआई बैकमा डकैती भएको छ। हतियारसहित आएको समुहले बैकको सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिई लुटपाट गरेको हो। लुटपाट गर्ने एक जना गाडीसहित पक्राउ परेका छन्।

बैकबाट ३ करोड सात ७ रुपैया लुटेको सूचना प्रहरीले पाएको छ। लुटपाटमा प्रयोग गरिएको सवारी साधनसहित एक जनालाई स्थानीय र प्रहरीको टोलिले नियन्त्रणमा लिन सफल भएको घ्याङलेख गाउँपालिका २ का वडा अध्यक्ष रोशन ब्लोनले जानकारी दिए । लुटपाटमा प्रयोग भएको सवारी साधन गाउँपालिकाको वडा नम्वर एकमा पर्ने टुनिभञ्ज्याङबाट नियन्त्रणमा लिइएको उनले बताए।

लुटिएको केही रकम समेत फेला पारेको उनको भनाई छ । रकम बोरामा फेला परेको र कति रकम छ भन्ने एकिन भन्न सक्ने अवस्था नभएको उनले बताए । लुटपाटमा प्रयोग गरिएको बिएडी ०३९८ नम्वको ईम्बोष्ट नम्बर प्लेटको गाडी बरामद भएको छ । लुटेराहरु जंगलतर्फ भागेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

हतियार सहित आएको लुटेरा समुहले बैकका कर्मचारी र सुरक्षागार्डलाई हातखुट्टा बाँधी पेस्तोल देखाएर लुटपाट गरेको बैकका कर्मचारीहरुको भनाई उद्धृत गर्दै वडा अध्यक्ष ब्लोनले जानकारी दिए।

नियन्त्रणमा लिएको सवारी साधन र पैसा भने ईलाका प्रहरी कार्यालय बस्तीपुरमा राखिएको छ । साझँ साढे ७ बजे तीर बैकमा लुटपाट भएको वडा अध्यक्ष ब्लोन बताए । बैक गाउँपालिकाको सदरमुकाम बस्तीपुरमा रहेको छ भने बैकबाट इलाका प्रहरी कार्यालयको दुरी करीब २ सय मिटर आसपासमा रहेको छ । घटनाको बारेमा विस्तृत छानबिन थालिएको सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताए। ‘म घटनास्थल पुग्दैछ, कति लुटपाट भयो भन्ने विस्तृत विवरण अझै आएको छैन,’ उनले भने।

Write your Comment