ब्रीटनियामा भएको आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा एमाले निकट जिफन्ट आवद्ध समग्र बिजयी

२०८२ माघ ३, शनिबार प्रकाशित

पर्साको बिरगंज महानगर पालिका वडा न. २१ स्थित ब्रीटनिया नेपाल प्रा. लि.को आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा एमाले निकट जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड यूनियन नेपाल (व्हिन) बिजयी भएको छ !

प्रत्येक २/२ वर्षमा हुने आधिकारिक ट्रेड यूनियन निर्वाचनमा नेकपा निकट अखिल नेपाल औद्योगिक मजदुर संघलाई २० मतको अन्तरले व्हिनले पराजित गरेको छ !

ब्रीटनिया नेपाली प्रा. लि.मा नेकपा (एमाले) निकट जिफन्ट आवद्ध समग्र उद्योग ट्रेड यूनियन नेपाल (व्हिन) र अन्टुफ आवद्ध अखिल नेपाल औद्योगिक मजदुर संघ बिच प्रतिस्पर्धा भएको थियो !

उक्त आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा कुल मत १४२ र खसेको मत १३४ मध्ये ४ मत बदर भएको थियो ! जसमध्ये समग्र उद्योग ट्रेड यूनियन नेपाल (व्हिन)ले ७५ मत र अखिल नेपाल औद्योगिक मजदुर संघले ५५ मत प्राप्त गरेको थियो !

निर्वाचन पश्चात् आयोजित बिजय सभालाई समग्र उद्योग ट्रेड यूनियन नेपाल (व्हिन) अध्यक्ष आनन्द थामी, व्हिन सचिव गीता भण्डारी, व्हिन प्रदेश अध्यक्ष रामतप्सी पटेल, व्हिन प्रदेश सहसचिव श्यामबाबु पटेल, एमाले नेता राजेन्द्र यादव, जालन्द्रर पटेल, जिफन्ट, पर्साका सचिब दिपक बास्कोटाले बधाई तथा शुभकामना दिनु भएको थियो !
निर्वाचित अध्यक्ष ओमप्रकाश पटेल र सहजीकरण सचिब ज्योतिष साहले गर्नु भएको थियो भने निर्वाचन सम्बन्धि सबै काम श्रम तथा रोजगार कार्यालय, पर्साले गरेको थियो ।

 

Write your Comment