रामकुमार महाबिर प्रसाद केडिया आँखा अस्पताल र स्थानीय सहयात्री युवा क्लबको आयोजना साथै जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ६ को सहयोगमा आँखा शिविर नेरा आधारभूत विद्यालय नगौलमा सम्पन्न भएको छ।
२६५ जनाको आँखा जाँच गर्दा ८२ जनामा मोतियाबिन्दु देखिनुका साथै ५५ जनामा दृष्टिदोष देखिएको वडा नम्बर ६ का अध्यक्ष कैमुदिन अन्सारीलीले जानकारी दिनुभयो।
आँखा शिविरको उद्घाटन प्रदेश सभाका सदस्य देवनारायण चौधरीले गर्नुभएको थियो। कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश कमिटीका सचिव मनोज पौडेल,जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष कैमुद्दिन अन्सारी,आँखा अस्पतालका चिकित्सक डाक्टर शिवशंकर शाह ,कौशल कुमार कर्ण, राजदेव साहलगायतले आँखाको सुरक्षाका लागि अपनाउनुपर्ने सचेतनाका बारेमा आ आफ्नो भनाइ राख्नुभएको थियो।
कार्यक्रममा नेकपा एमाले वडा नम्बर ६ का अध्यक्ष फजेल हक अन्सारी, कमरुहोदा अन्सारी, आजिर हुसेन, कांग्रेसका फैजल अन्सारीलगायतको उपस्थिति रहेको थियो ।
क्लबका अध्यक्ष राजाराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सुदर्शन काफ्लेले गर्नुभएको थियो।
मोतियाबिन्दु देखिएका बिरामीहरूको केदिया आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने अस्पतालका प्राविधिक सुदर्शन काफ्लेले जानकारी दिनुभयो ।

